१ जेष्ठ २०८३, शुक्रबार 1778905700
Banner

प्रचण्डको संविधान २०७२’ले अन्ततोगत्वा नेपाललाई अस्तित्वको सङ्कटमा पुर्‍याउनेछ : रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जेन्जी आन्दोलनपछि नयाँ नयाँ पार्टी खुल्ने चर्चा भइरहेको भन्दै उनीहरूलाई ‘पृथ्वीपथ’ अङ्गाल्न सुझाव दिएका छन् । 

उनले भनेका छन्– ‘२०७४ सालमा ‘प्रचण्डको संविधान २०७२’ को वैचारिकतालाई आत्मसात् गर्दै ‘प्रचण्ड पथगामी’ पार्टी सुरु गरेर मैले जिन्दगीकै सबैभन्दा ठुलो भूल गरेँ कि जस्तो लाग्छ। यद्यपि त्यतिबेलाको धरातलीय यथार्थ फरक थियो।  तर गलत बाटोमा छु भन्ने अनुभूति भएपछि ५ वर्षपछि गाली र घृणाको वर्षामा रुझ्दै मार्ग परिवर्तन गरेँ।’ 

उनले थप भनेका छन्–’नयाँ खुल्ने पार्टीले शुरूमैँ ‘पृथ्वीपथ’लाई अङ्गीकार नगरेर ‘प्रचण्डपथ’ लाई नै अँगाल्यो भने त्यो जेन्जी लगायत भावी पुस्ताका लागि महा-दुर्भाग्यपूर्ण हुनेछ।  जसले जति नै बचाऊ र व्याख्या गरे पनि ‘प्रचण्डको संविधान २०७२’ ले अन्ततोगत्वा नेपाललाई अस्तित्वको सङ्कटमा पुर्‍याउने छ। त्यसले सृजना गर्ने अशान्ति र अस्थिरता नेपालीका लागि मात्र होइन, छिमेकी, खासगरी भारत, का लागि पनि सुखद रहने छैन। ‘

देशका लागि ‘प्रचण्डपथ’ राम्रो कि ‘पृथ्वीपथ’, आफैँ छुट्ट्याउन पनि उनले सुझाव दिएका छन् । उनले भनेका छन्– ‘यस पटक दशैँमा आमाको आशीर्वाद लिँदै गर्दा मैले मनमनै आशीर्वाद मागेस् फेरि ‘प्रचण्डपथ’ मैँ पार्टी खोल्ने बुद्धि कसैलाई नआओस्। ‘प्रचण्डपथगामी’हरूलाई पनि ‘पृथ्वीपथ’मा फर्किने चेतना मिलोस्!’