१० श्रावण २०८३, आइतबार 1785089315
Banner

भारतीय स्कार्पियोको ठक्करवाट १२ वर्षीय बालिकाको मृत्यु

रौतहट : रौतहटमा भारतीय स्कार्पियोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा नं-१० पडरिया बस्ने सन्तोस पासवानकी १२ वर्षीय छोरी अस्मिता पासवान रहेकी छन्। भारतीय नम्बर प्लेट बीआर०१ पी ६९८० नम्बरको स्कार्पियोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिइन्।

गौरबाट चन्द्रपुरनिगाहपुरतर्फ जाँदै गरेको स्कार्पियोले पासवानलाई आफ्नै घरअगाडि बाटोमा ठक्कर दिइएको थियो। घाइते पासवानको चन्द्रपुरस्थित चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। ठक्कर दिने स्कार्पियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक भारतको पटना वेस्ट लोहानीपुर बस्ने पप्पु मिश्रालाई नियन्त्रमा लिइएको प्रहरीले बताएको प्रहरीले जनाएका छन्।