१० श्रावण २०८३, आइतबार 1785128434
Banner

आईसीसी टी–२० विश्वकप छनोटमा आज मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ : आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता बुधबार ओमानमा शुरु हुँदैछ। एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले कुवेतसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ। 

खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यूएईमा वेस्ट इन्डिजसँगको सिरिज जित्दै ओमान पुगेको नेपाली टोलीले त्यहाँ कतारसँग दुई अभ्यास खेल जितेपछि उच्च मनोबलमा छ। 

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। नेपालले कुवेतसँग विभिन्न प्रतियोगिता खेल्दै मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्न लागेको हो। नेपालको एउटै लक्ष्य विश्वकपमा छनोट हुनु रहेको कप्तान रोहित पौडेलले बताएका छन्। नेपालले यसअघि दुई पटक विश्वकप खेलिसकेको छ । 

यसपटक छनोट भएमा नेपालले तेस्रो पटक विश्वकप खेल्नेछ।  नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेश तथा सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप खेलेको थियो। अक्टोबर १७ तारिखसम्म हुने एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोली सहभागि हुनेछन्। सहभागी नौ टोली मध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। 

सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र कतार छन्। समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउनेछन् ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसिसी टी-२० विश्वकपमा स्थान बनाउने छन्।