३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:55 am
Banner

निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ : महासचिव पोखरेल

सूचना प्रेस २०८२ आश्विन २२ बुधबार ००:००, ०९:१० बजे १ मिनेट पढाइ

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् । राष्ट्रसामु नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसको सामना गर्नुको विकल्प नरहेको प्रस्ट पारे ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’