१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 11:16 pm
Banner

अस्पतालले भन्यो– राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य

सूचना प्रेस २०८२ आश्विन २५ शनिबार ००:००, १६:५८ बजे १ मिनेट पढाइ

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका छन्।

सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका हुन्। 

मनमोहन सेन्टरले दिउँसो ३ः ३० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार हाल राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ।