२६ भदौ २०८३, शुक्रबार 1789176164
समाचार

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१, बयरवन मा रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

असोज २७ गते अपराह्न बराहक्षेत्र-१, खार खोलाका २७ वर्षीय सञ्जीव राईले एटीएम मेसिन तोडफोड गरिरहेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।