२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:34 am
समाचार

ट्र्याक्टरको ठक्करबाट रौतहटमा मोटरसाइकल चालकको मृत्यु

सूचना प्रेस २०७९ जेष्ठ ९ सोमबार ००:००, ११:४० बजे १ मिनेट पढाइ

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गए राति ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्र्याक्टर चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।