४ आश्विन २०८१, शुक्रबार 1726881227
पालिका

सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

एमालेकी कल्पनाकुमार कटुवालल १२ हजार २७३ मतसहित प्रमुखमा निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार देवानन्द महतोले ६ हजार ६६६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उप्रमुखमा एमालेकै रामबाबुप्रसाद साह विजयी भए । उनले नौ हजार ९०१ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमेदवार गंगा दाहालले सात हजार ११९ मत पाइन् ।