४ भदौ २०८३, बिहिबार 1787209378
Banner

आज साँझ यमदीपदान गरिर्दै

काठमाडौँ : कार्तिक कृष्ण त्रयोदशीमा गरिने यमदीपदान शनिबार साँझ गरिँदैछ। शनिवार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो। तिहारको पहिलो दिन कागतिहार भने आइतबार परेको छ। 

शनिबार १८ घडी १३ पला अर्थात् दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लाग्छ। भोलि दिउँसो १ बजेर ५६ मिनेटसम्म त्रयोदशी छ। ‘साँझकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था छ’, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। 

समितिबाट सिफारिसप्राप्त पात्रोमा आइतबार बिहान कुकुरपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने उल्लेख छ।