२८ जेष्ठ २०८३, बिहिबार 1781193186
Banner

विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुर । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विपिनको अन्त्येष्टिमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

उनको शवलाई सोमबार फ्लाई दुबईको विमानमार्फत इजरायलबाट काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो ।

विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल गएका विपिन जोशी हमासको नियन्त्रण परेसँगै हत्या भएको थियो ।