२ जेष्ठ २०८३, शनिबार 1778913153
Banner

नेपाल प्रहरीका ५ जना डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक बढुवाका लागि सिफारिस भएका छन् ।

अहिले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न समितिले सिफारिस गरेको हो ।

एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।