१० श्रावण २०८३, आइतबार 1785112410
Banner

नेपाल अमेरिकासँग पराजित

काठमाडौं : आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो। 

अमेरिकाले दिएको २६३ रनको विजय लक्ष्य पछाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७, भीम सार्कीले २९ रन बनाउँदा आरिफ शेखले २० रन बनाए। सोमपाल कामीले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन्।  अमेरिकाको लागि बलिङतर्फ हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । उनले ८.१ ओभरमा एक मेडनसहित जम्मा २७ रन खर्चिए। शुभम रन्जानेले २ विकेट लिँदा रुसिल उगारकरले १ विकेट लिए।