२ जेष्ठ २०८३, शनिबार 1778916187
Banner

अमादब्लम हिमाल आरोहणका क्रममा दुई विदेशीको मृत्यु

काठमाडौँ । अमादब्लम हिमाल आरोहणको क्रममा दुई जना विदेशी पर्यटकको मृत्यु भएको छ । पर्यटन विभागले अमादब्लम हिमाल आरोहणका क्रममा दुई जना विदेशी आरोहीको निधन भएको जानकारी दिएको हो ।

आज जारी गरिएको प्रेस विज्ञप्ति अनुसार फ्रान्सेली नागरिक मिस्टर ह्युगो लुसियो कोलोनिया लाजारो को निधन भएको जानकारी दिएको हो । उनी एच.भी. इन्टरनेशनल माउन्ट अमादब्लम एक्सपिडिसन २०२५ अटम दलका सदस्य थिए ।  उनले  ६ गते अमादब्लम हिमालको सफल आरोहण गरेका थिए । हिमालबाट फर्कने क्रममा उनलाई स्वास्थ्यमा समस्या आएपछि क्याम्प ३ बाट हेलिकप्टर मार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा  कार्तिक ७ गते उनको निधन भएको हो।

त्यस्तै अमादब्लम हिमाल आरोहणका लागि विभागबाट अनुमति प्राप्त एटके इन्टरनेशनल अमादब्लम एक्सपिडिसन दलका सदस्य कोरियन नागरिक मिस्टर हङ ख्या पार्क को पनि अमादब्लम हिमाल आरोहण गर्ने क्रममा कार्तिक ९ गते  क्याम्प १ र क्याम्प २ को बीचमा मृत्यु भएको विभागले जनाएका छ ।

पर्यटन विभागले दुवै जनाको मृत शरीरको व्यवस्थापनका लागि सम्बन्धित मुलुकमा फिर्ता गर्न एजेन्सीसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।