७ जेष्ठ २०८३, बिहिबार 1779409279
Banner

त्रिपक्षीय वार्तामा जेनजीले भने : ‘सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही मुख्य एजेन्डा हो’

काठमाडौं । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही भएको बताएका छन् ।

बुधबार बालुवाटारमा भएको सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरू र जेनजस् प्रतिनिधिहरुबीचको छलफलमा जेनजीहरुले यस्तो बताएका हुन् ।

उनीहरूले तोकिएको मितिमा चुनाव चाहिएको बताए । साथै, उनीहरुले सरकारले चुनाव–चुनाव भनेर मात्र नहुने भन्दै आफ्नो आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्ने माग राखे ।

जनेजीका तर्फबाट १५ जना प्रतिनिधि बैठकमा सहभागी भएका छन् । जेनजी आन्दोनलपछि सरकार, दल र जेनजी प्रतिनिधिबीच एकसाथ बैठक भएको यो पहिलो पटक हो ।