काठमाडौं । चारैतिर चिच्याहट र आगोको ज्वाला। काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोरबाट निकै ठूलो धुवाँको मुस्लो उडिरहेको थियो, त्यसको केही दक्षिणतिरको पाँचतारे होटल हिल्टन पनि दनदनी बलिरहेको थियो । प्रदर्शनकारीहरूको भीडले तोडफोड र आगजनी गरेको दृश्यले शहरलाई युद्धभूमिमा परिणत गरेको थियो। नेपालका युवा पुस्ता ‘जेन-जेड’ (जेनजी) ले भ्रष्टाचारविरुद्ध सुरु गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक रूप लिँदै निजी क्षेत्रका व्यापारिक स्थापनाहरूको निशाना बन्यो।
भाटभटेनीका मालिक मिनबहादुर गुरुङका लागि यो सम्पत्तिको क्षति मात्रै थिएन, दशकौँको मेहनत र हजारौँ परिवारको जीविकोपार्जनको बाटो थियो। ‘हामीले देशको आर्थिक विकासमा योगदान दिँदै आएका थियौं, तर आज हाम्रो सम्पत्तिलाई किन अपराध ठानियो ?’ गुरुङले पछि एक अन्तर्वार्तामा भावुक हुँदै भनेका थिए।
यो घटना नेपालको निजी क्षेत्रको लागि मात्र होइन, समग्र अर्थतन्त्रको लागि घातक प्रहार थियो। जेन-जेड अर्थात् जेन जी आन्दोलनलाई भ्रष्टाचारविरुद्धको युवा पुस्ताको विद्रोह भनिएको थियो, त्यही आन्दोलनको नाममा निजी क्षेत्रका सुपरमार्केटदेखि होटल, मिडिया हाउसदेखि बैंकसम्मका संस्थाहरूलाई लक्षित गरियो। वास्तविक जेनजी र परिवर्तन चाहनेहरूको आन्दोलनमा चरम घुसपैठ भयो, परिणामस्वरूप अर्बौँको क्षति भयो, हजारौँको रोजगारी गुमेको छ र अझै पनि गुम्ने जोखिम छ । अर्कोतिर विदेशी लगानीको बहाव रोकिने खतरा बढेको छ।
तर, यस्तो विपत्तिमा पनि निजी क्षेत्रले हार मानेको छैन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नेतृत्वमा व्यवसायीहरूले पुनरुत्थानको प्रण गरेका छन्।
आन्दोलनको सुरुवात : शान्तिबाट हिंसातर्फको यात्रा
२०८२ सालको भदौ २३ गतेलाई नेपालको इतिहासमा ‘जेनजी क्रान्ति’ को रूपमा चिनिन्छ। भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरताविरुद्ध काठमाडौंका कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए। सुरुमा यो शान्तिपूर्ण थियो । नारा, प्लेकार्ड र सोसल मिडियामा भ्रष्टाचारविरुद्धका भाइरल भिडियोहरू मात्रै थिए ।
तर, दोस्रो दिन (भदौ २४) मा अवस्था विकराल भयो। प्रदर्शनकारीहरूले सरकारी भवनहरू मात्र होइन, निजी सम्पत्तिहरूलाई पनि निशाना बनाए। किन ? कतिपय विश्लेषकहरूका अनुसार, यो राजनीतिक दलहरू र केही अराजक समूहको संगठित प्रयास थियो, जसले युवा आक्रोशलाई निजी क्षेत्रविरुद्ध मोड्यो। ‘निजी क्षेत्रलाई भ्रष्टाचारको साझेदार ठान्ने’ मानसिकताले आगोमा घ्यू थप्यो।
काठमाडौंको थापाथली, नक्साल, बालुवाटार जस्ता क्षेत्रहरूमा आगजनी र लुटपाटको क्रम चलेको थियो। प्रहरीका अनुसार लुटपाटका ३० हजार भन्दा बढी इमेल र भिडियो प्रमाणहरू सङ्कलन भएका छन् । जसले लुटपाटको विस्तृत विवरण दिनेछन र आगजनी तथा लुटपाटमा कसको संलग्नता थियो भनेर थप खुल्नेछ। यो आन्दोलनले मात्रै २४ घण्टामा देशको सत्तासँगै आर्थिक धरातल हल्लायो। आर्थिक धरातल हल्लिनुमा निजी क्षेत्रमाथि भएको लुटपाट, आगजनी र तोडफोड मुख्य कारण हो । यो उपद्रोले निजि क्षेत्रलाई मात्रै समग्र अर्थतन्त्रलाई धक्का दिने संकेतहरू देखिन थालेका छन् ।
विश्व बैंकका अनुसार, नेपालको वृद्धिदर ४.४ प्रतिशतबाट घटेर २.१ प्रतिशतमा झर्ने अनुमान छ, जसको मुख्य कारण यही आन्दोलन हो। जेनजी आन्दोलनको सबैभन्दा पीडादायी पक्ष निजी क्षेत्रका उद्यमहरूको विनाश थियो। भाटभटेनी सुपरमार्केटको कथा यसको प्रतीक हो। नेपालको सबैभन्दा ठूलो खुद्रा सञ्जाल मानिने भाटभटेनीले २८ शाखाहरू सञ्चालन गर्दै ५ हजार भन्दा बढी प्रत्यक्ष रोजगारी दिँदै आएको थियो । आन्दोलनको दोस्रो दिन भाटभटनीले २१ शाखाहरूमा आगो र तोडफोडको सामना गर्नुपर्यो। १२ वटा शाखा त पूर्ण रुपमा ध्वस्त भए । आगलागीबाट टङ्गाल, महाराजगन्ज, कोटेश्वर, बालुवाटार वेयर हाउस, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा पूर्ण रूपमा क्षतिग्रस्त भए । यस्तै कलङ्की, राधे राधे, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा भवन तोडफोड र लुटपाट भएको भाटभटेनीले जनाएको छ ।
विश्व बैंकका अनुसार, नेपालको वृद्धिदर ४.४ प्रतिशतबाट घटेर २.१ प्रतिशतमा झर्ने अनुमान छ, जसको मुख्य कारण यही आन्दोलन हो। जेनजी आन्दोलनको सबैभन्दा पीडादायी पक्ष निजी क्षेत्रका उद्यमहरूको विनाश थियो। भाटभटेनी सुपरमार्केटको कथा यसको प्रतीक हो। नेपालको सबैभन्दा ठूलो खुद्रा सञ्जाल मानिने भाटभटेनीले २८ शाखाहरू सञ्चालन गर्दै ५ हजार भन्दा बढी प्रत्यक्ष रोजगारी दिँदै आएको थियो ।
उता, विनोद चौधरीको सीजी डिजिटल पार्क, कार शोरुम र रावी भवन निवास जले, जसले औद्योगिक क्षेत्रलाई थप कमजोर बनायो। यो क्षतिले आपूर्ति शृङ्खला भङ्ग भयो। सुपरमार्केटहरू बन्द हुँदा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भयो। अर्को कारुणिक घटना हिल्टन होटलको थियो। शङ्कर ग्रुपको लगानीमा गत वर्ष मात्र भव्य रूपमा उद्घाटन भएको यो पाँच तारे होटल नक्सालमा पूर्ण रूपमा जलेको थियो । ८ अर्ब नेपाली रुपैयाँको क्षति अनुमान गरिएको छ। यो होटल विशेष गरेर महँगो शुल्क तिर्न सक्ने अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न बनाइएको थियो । तर, आन्दोलनकारीहरूले पेट्रोल र ग्यास सिलिन्डर प्रयोग गरी आगो लगाए। ३ सय जना कर्मचारीहरूको जागिर गयो, र पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो ।
हिल्टन मात्रै होइन काठमाडौंकै ह्यात रिजेन्सी होटलमा पनि आगो लगाइयो । जसका कारण होटल पूर्ण रुपमा बन्द रहेको छ । वालुवाटारमा रहेको बुटिक होटल वर्णवास पनि जल्यो । यसबाट ८० करोड रुपैयाँ बराबरको क्षति भएको मालिक राजेन्द्र बजगाइँ बताउँछन् ।

काठमाडौंको चन्द्रगिरि केवलकार, दोलखाको कालिञ्चोक केवलकार र नवलपुरको मौलाकाली केवलकारमा पनि आगजनी भयो । आगजनी, लुटपाट र तोडफोड अनि चोरीका कारण पर्यटन क्षेत्रमा मात्रै २५ अर्बको क्षति भएको अनुमान व्यवसायीहरुको छ । आन्दोनको नाममा भएको आपराधिक गतिविधिले जीडीपीको ७ प्रतिशत हिस्सा ओगट्ने यो क्षेत्रलाई धराशायी बनाएको छ ।
आपराधिक क्रियाकलापबाट दूरसञ्चार क्षेत्र पनि प्रभावित भयो । एनसेल, जुन नेपालको सबैभन्दा ठूलो निजी टेलिकम प्रदायक हो । एनसेलको लैनचौर मुख्य कार्यालय र महेन्द्रनगर, धनगढी तथा पोखरा क्षेत्रीय कार्यालयहरूमा आगजनी भयो। लैनचौरको मुख्य कार्यालय त नेपालकै नमुना कार्यालयमध्येको एक थियो । जहाँ सुरक्षादेखि कार्यशैली पूरै युरोपेली तरिकाको थियो । एनसेलका कार्यालयहरुमा भएका आगजनी, तोडफोड र लुटपाटबाट मात्रै १ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ। कान्तिपुर मिडिया ग्रुपको थापाथली सेन्ट्रल बिजनेस पार्क र तिनकुने कम्प्लेक्स जले, जसले पत्रकारिता र मिडियाको स्वतन्त्रतालाई नै प्रश्न उठायो।
राष्ट्रिय वाणिज्य बैंकको बीआईसीसी परिसरमा भएको भवनमा व्यापक लुटपाट र आगजनी भयो, हिमालयन बैंकको बत्तीसपुतली टावरमा आगो लाग्दा बैंकसहित हिमालयन जाभा कफी र अन्य कार्यालयहरू नष्ट भए।
यी त केही घटना मात्रै हुन्, देशभर भएका आपराधिक क्रियाकलापका कारण निजी क्षेत्र व्यापक रुपमा प्रभावित भयो । हजारौँ कर्मचारी र मजदुरहरूहरुले जागिर गुमाए। एउटा अनौपचारिक सर्वेक्षणअनुसार, १५ हजार भन्दा बढी प्रत्यक्ष रोजगारी गुमेका छन्। रोजगारी गुमेका एक मजदुरले न्युज एजेन्सीसँग भनेका छन्, ‘हामीले देशको विकासमा योगदान दियौं, तर आज हामी नै भिखारी जस्ता भयौं।’
अर्बौँको घाटा र अर्थतन्त्रको संकट
जेनजी आन्दोलनको आर्थिक क्षति आँकलन गर्न गाह्रो छ, तर प्रारम्भिक तथ्याङ्कले भयावह चित्र देखाएको छ। एफएनसीसीआईका अनुसार, निजी क्षेत्रमा मात्र ८० देखि १०० अर्ब रुपैयाँको क्षति भएको छ। यो नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४ प्रतिशतभन्दा बढी हो। बीमा कम्पनीहरू संकटमा छन् । २०७२ को भूकम्पपछि जस्तै बीमा दाबीका कारण आफूहरु संकटमा परेको कम्पनीहरूको गुनासो छ ।
विश्व बैंकका अनुसार चालू वर्षमा आर्थिक वृद्धिदर खुम्चिएर २.१ प्रतिशतमा झर्नेछ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको करिब डेढ खर्ब रुपैयाँ बराबर कर्जामा क्षति पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सञ्चालित व्यापार–व्यवसाय तथा उद्योगमा आन्दोलन क्रममा भएको तोडफोड र आगलागी हुँदा क्षति पुगेको हो ।
विश्व बैंकको अनुमानमा प्रत्यक्ष र अप्रत्यक्षमा गणना गर्दा समग्र क्षति नेपालको डेढ वर्षको बजेट भन्दा ठूलो छ । जसले देशलाई डेढ वर्षको बजेट बराबरको नोक्सान पुर्याएको छ। केही अर्थशास्त्रीहरूका अनुसार त यो क्षतिले नेपालको आर्थिक वृद्धि नकारात्मक हुन सक्छ।
उठ्ने प्रण : निजी क्षेत्रको दृढ संकल्प
क्षतिका बाबजुद निजी क्षेत्रले हार मानेको छैन । भाटभटेनीका संस्थापक मिनबहादुर गुरुङले आगो निभेको भोलिपल्ट सञ्चारमाध्यमलाई भनेका थिए, ‘हामीले नेपाली उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान दिन ३० वर्षको मेहनत गरेका थियौं। तर, यो आगोले हाम्रो सपनालाई खरानी बनायो। तर हामी हार मान्दैनौँ, केही समयमै सबै शाखा पुनर्निर्माण गरेर व्यवसायलाई निरन्तरता दिनेछौँ ।’
विश्व बैंकका अनुसार चालू वर्षमा आर्थिक वृद्धिदर खुम्चिएर २.१ प्रतिशतमा झर्नेछ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको करिब डेढ खर्ब रुपैयाँ बराबर कर्जामा क्षति पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सञ्चालित व्यापार–व्यवसाय तथा उद्योगमा आन्दोलन क्रममा भएको तोडफोड र आगलागी हुँदा क्षति पुगेको हो ।
त्यस्तो अवस्थामा पनि मिनबहादुरले कुनै पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने र सबै कर्मचारीलाई नियमित तलब र दशैँ बोनस दिने घोषणा गरे । यसले गर्दा उनको चौतर्फी तारिफ भयो, कुनै पनि कर्मचारी बेरोजगार हुनु परेन । भाटभटेनीले ‘राइज अगेन’ क्याम्पेन नै चलाएको छ । उनकै निर्णयलाई पछ्याउँदै चौधरी ग्रुप लगायतका व्यवसायिक संस्थाले पनि कर्मचारी कटौती नगर्ने र बेतलबी नबनाउने घोषणा गरे ।
एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालले विज्ञप्तिमार्फत शोक व्यक्त गर्दै भनेका थिए, ‘हामी फेरी शून्यबाट सुरु गर्छौं, तर देशको विकासमा हाम्रो प्रतिबद्धता अटल छ।’ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा व्यवसायीहरूले पुनरुत्थानको प्याकेजको माग गरेका थिए । जहाँ अध्यक्ष ढकालले भनेका थिए, ‘हामीले सुरक्षा, कर राहत र सस्तो ऋणको माग गरेका छौं। सरकारको राहत प्याकेजलाई स्वागत गर्दछौं।’
सरकारले आन्दोलनका क्रममा क्षति भोगेका उद्योग तथा व्यवसायलाई लक्षित गरेर राहत प्याकेज घोषणा पनि गरिसकको छ । यो प्याकेजमा कर छुट, ऋण पुनर्संरचना र पुनरावतरण कोष समावेश छन् । एफएनसीसीआईले यसलाई ‘एकीकृत व्यवसाय पुनरुत्थान योजना’ भनेर स्वागत गरेको छ। एफएनसीसीआईको उच्चस्तरीय छलफलमा व्यवसायीहरूले ‘क्राइसिस इन द क्योर’ नारा अङ्गीकार गरेका छन्। चन्द्रप्रसाद ढकालले भनेका छन्, ‘भ्रष्टाचार र सुशासनको माग गर्दै आन्दोलन गर्दा निजी क्षेत्रलाई किन तारो बनाउने ? हामी सुशासन र रोजगारी सिर्जनामा प्रतिबद्ध छौं।’ जेनजी आन्दोलनले निजी क्षेत्रलाई आगो दियो, तर यसले उठ्ने प्रण पनि दियो।
नेपालको विकासमा निजी क्षेत्रको अपरिहार्य भूमिका
नेपालको आर्थिक विकासको इन्जिन निजी क्षेत्र नै हो। १९९० को दशकमा उदारीकरणपछि यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको छ । देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको एक अध्ययन देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपीमा) मा निजी क्षेत्रले ८१ दशमलव ५५ प्रतिशत योगदान पुर्याएको र त्यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख छ । समग्र रोजगारीमा ८५ प्रतिशत योगदान निजी क्षेत्रकै रहेको छ ।
निजी मनोबल कमजोर हुँदा नवीन उद्यमहरू घट्छन्, उत्पादकत्व तल झर्छ। विश्व बैंकको ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ अनुसार, यस्तो अवस्थाले नेपालको अर्थतन्त्रमा दीर्घकालिन असर गर्नेछ । बेरोजगारी बढ्छ, सामाजिक अस्थिरता निम्तिन्छ। जेनजी आन्दोलनकै कारण १५ हजार रोजगारी जागिर गुमेका छन् । यो चक्रले विकासलाई पछाडि धकेल्छ।
निजी क्षेत्रको मनोबल खस्कँदा पर्ने असर
भाटभटेनी जस्ता खुद्रा सञ्जालले ग्रामीण अर्थतन्त्रलाई जोडेका छन्। सीजी जस्ता उद्योगले देशमै उद्योग कलकारखानाको सम्भावना बढाएका छन्। पर्यटनमा हिल्टन र ह्यात जस्ता होटलहरूले विदेशी मुद्रा भित्राइरहेका छन्। एनसेलले सञ्चार क्षेत्र डिजिटल रूपान्तरणमा योगदान दिएको छ। निजि क्षेत्र नै भएपनि यो क्षेत्र देश विकासको आधार हो । तर यस्तै संस्थामाथि बारम्बार आक्रमण हुँदा देशमा के होला रु पक्कै देशकै अर्थतन्त्रमा क्षति हुने हो ।
यसै सन्दर्भमा एसियाली विकास बैंकले भनेको छ, निजी क्षेत्र बिना नेपालको ‘अनलकिङ ग्रोथ पोटेन्सियल’ असम्भव छ। निजी क्षेत्रको मनोबल खस्कँदा असर गम्भीर हुन्छ। एफएनसीसीआईका अनुसार, आन्दोलनपछि व्यवसायीहरूमा ‘असुरक्षा’ को भावना छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)पनि प्रभावित हुन्छ । सन् २०२५ मा एफडीआई ५० प्रतिशत घटेको छ। भारत र चीनका लगानीकर्ताहरू हिच्किचाइरहेका छन्।
निजी मनोबल कमजोर हुँदा नवीन उद्यमहरू घट्छन्, उत्पादकत्व तल झर्छ। विश्व बैंकको ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ अनुसार, यस्तो अवस्थाले नेपालको अर्थतन्त्रमा दीर्घकालिन असर गर्नेछ । बेरोजगारी बढ्छ, सामाजिक अस्थिरता निम्तिन्छ। जेनजी आन्दोलनकै कारण १५ हजार रोजगारी जागिर गुमेका छन् । यो चक्रले विकासलाई पछाडि धकेल्छ।
अर्थशास्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भनेका छन्, ‘निजी क्षेत्रको मनोबल नै लगानीको थर्मोमिटर हो। यो कमजोर हुँदा देशको विकास सपना अधुरो रहन्छ।’
नेपालको विकास निजी क्षेत्र बिना सम्भव छैन । यसलाई संरक्षण गर्नुपर्छ। सरकार, राजनीतिक दल र युवा पुस्ताले संवादमार्फत सुशासन कायम गर्नुपर्छ। अन्यथा, यो आगोले समग्र अर्थतन्त्रलाई नै निल्न सक्छ। तर, आशाको दियोले भन्छ, निजी क्षेत्रको दृढताले नेपाललाई फेरि उभो लैजानेछ ।


