काठमाडौं । नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको सारथी ब्राण्डको विद्युतीय स्कुटरले यो चिसो मौसमलाई अझ उत्साहपूर्ण बनाउन ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अब ग्राहकहरूले सारथीका विभिन्न मोडेलका स्कुटर खरिद गर्दा अधिकतम रु. १७ हजारसम्मको नगद छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

यसको बजार मुल्य रु २ लाख १६ हजार भएतापनि यो अफर अन्तरगत अब जम्मा रु १. लाख ९९ हजारमा यो सारथीको इकुटर इ३ भन्ने मोडेलको स्कुटर खरिद गर्न पाइनेछ ।
वातावरणीय अनुकुलता र स्वदेशी उर्जाको उपयोगमा आधारित सारथी इकुटर ब्रान्डले नेपाली ग्राहकको बजेट, यात्रा आवश्यकताहरू र वातावरणीय जिम्मेवारीलाई ध्यानमा राख्दै स्कुटरहरू निर्माण गर्दै आएको छ । अबको यो अफरले मूल्यमा राहत मात्र होइन, विद्युतीय सवारीप्रतिको आकर्षण पनि थप बढाउने कम्पनीको विश्वास छ ।


