१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:03 am
Banner

मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण सिफारिस

सूचना प्रेस २०८२ कार्तिक २४ सोमबार ००:००, २०:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गरी उनको ठाउँमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

पदमुक्त गरिएकी भण्डारी ०८० फागुनमा नेकपा (एमाले)को तर्फबाट प्रदेश प्रमुख बनेकी थिइन् ।