काठमाडौँ । हङकङको ताईपोमा अपार्टमेन्ट ब्लक्समा आगलागी भएको छ । बुधबार आगलागीमा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ । हङकङ सरकारले यो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ । भवनहरूबाट आगो र धुवाँको मुस्लो निस्किरहेको दृश्यका कयौँ फुटेजहरू देखा परेका छन् ।
आगलागीलाई सबैभन्दा गम्भीर पाँचौँ स्तरमा राखिएको छ । कम्तीमा पनि १३ जना भवनहरूभित्र फसेको बताइएको छ । नौ जनालाई अस्पताल उपचारका लागि लगिएको छ । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगो निभाउने क्रममा ३७ वर्षीय अग्नि नियन्त्रकको मृत्यु भएको छ । भवनहरू बाहिर रहेको बाँसको मचानबाट आगो फैलिएको विश्वास गरिएको छ ।


