३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 5:56 am
Banner

सुदूरपश्चिमले दियो विराटनगरलाई १५६ रनको लक्ष्य

सूचना प्रेस २०८२ मंसिर २३ मंगलबार ००:००, १७:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल प्रवेशका लागि विराटनगर किंग्सले १५६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए । स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे ।