काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।
उनलाई बहुविवाहको कसुरमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए ।
पूर्वपत्नीको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।


