काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका छन् । ज्ञवालीले पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएकोप्रति पनि आश्चर्य व्यक्त गरेका छन् । ज्ञवालीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –
“पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो,” उनले लेखेका छन्, “आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?”


