काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको बन्दसूचीबाट ८५ जनाले नाम फिर्ता लिएका छन् । सोमबार साँझ साढे ७ बजेसम्म १७ दलबाट ८५ जनाले समानुपातिक बन्दसूचीबाट अनाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले जानकारी दिइन् ।

उनका अनुसार नाम फिर्ता लिनेहरू जनमत पार्टी,नेकपा एमाले, जसमा, नेपाली कम्युनिस्ट पार्टी(नेकपा),प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा),राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायत छन् ।
आयोगका अनुसार सबैभन्दा धेरै जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ‘फिर्ता लिने क्रम जारी नै छ । केही घण्टापछि आयोगले विज्ञप्ति निकालेर विस्तृत जानकारी दिनेछ,’सहायक प्रवक्ता पुनले भनिन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ दलले बन्दसूची पेस गरेका थिए । पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । आज बन्दसूचीबाट नाम फिर्ता लिने समय तोकिएको थियो ।


