काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ ।
संस्थापन पक्षका नेताहरू कारबाहीको पत्र बाकेर आयोग पुगेका थिए । आयोगले पत्र दर्ता गरेको छ ।
आजै बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई ५ वर्षको लागि पार्टीबाट निष्काषन गरेको हो ।
यता, गगन–विश्व पक्षको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


