१ जेष्ठ २०८३, शुक्रबार 1778844844
Banner

झापा-५ स्थित बालेनको सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौँ : झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

सिसा फुटेको खबर पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। ‘झ्यालको सिसा फुटेको भन्ने खबर प्राप्त भएको छ। प्रहरी त्यसतर्फ गएर बुझ्ने काम भइरहेको छ,’ उनले भनिन्।

झापा क्षेत्र नम्बर ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि यही क्षेत्रबाट उम्मेदवार छन्। यस क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले पनि अतिसंवेदनशील मानेको छ।