काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहको सम्पर्क कार्यालयमा तोडफोड नभएको प्रहरीले स्पष्ट पारेको छ ।
झापाको कमल गाउँपालिका–२ स्थित बालेनको सम्पर्क कार्यालयमा तोडफोड गरिएको भनि आएका समाचारमा सत्यता नरहेको प्रहरीले जानकारी दिएको हो ।
घरधनी जयराम अधिकारी सुत्ने कोठामा ढुंगा प्रहार गरिएको भएपनि रास्वपाको कार्यालयमा तोडफोड नभएको प्रहरीको भनाइ छ । घरमा तोडफोड गरिनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


