काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दै छ ।घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका निम्ति नयाँ सत्तासमीकरण आवश्यक परेको उल्लेख गर्दै निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखेको छ ।


