काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्ला मुस्ताङ पुगेकी छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी शुक्रबार बिहान पोखरा हुँदै मुस्ताङ पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले केहीबेरमा मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको छ ।
उनले आजै मुस्ताङको निर्वाचन कार्यालय पुगेर निर्वाचनबारे जानकारी लिने र त्यसपछि सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


