२९ कार्तिक २०८३, आइतबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:51 am
Banner

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

सूचना प्रेस २०८२ फाल्गुन १२ मंगलबार ००:००, १७:११ बजे १ मिनेट पढाइ

काठमाडौँ । गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेको बताइएको छ ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको छ ।