सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि भएको मतदानको गणना कार्य सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रारम्भिक चरणमा बलरा नगरपालिकाका विभिन्न वडाहरूको मतपेटिका खोलिएको छ ।
विशेष गरी रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंहको गृह नगरसमेत रहेको बलराका ३, ५, ६, ७, १० र ११ नम्बर वडाका मतपेटिकाहरू गणनाका लागि छानिएका छन्। अमरेश सिंहको बलियो पकड क्षेत्र मानिने यी वडाहरूबाट गणना सुरु भएकाले प्रारम्भिक नतिजा कस्तो आउला भन्नेमा सबैको चासो बढेको छ ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा रहेका सिंह र अन्य प्रतिस्पर्धी दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सुक्ष्म ढंगले गणना अघि बढाइएको छ ।


