४ आश्विन २०८१, शुक्रबार 1726880987
राजनीति

 सार्वजनिक पद धारण गरेको व्यक्तिले यौन हिंसा गरे थप दुई वर्ष सजाँय गरौं:गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले सो सुझाव दिनु भएको हो ।
‘दफा २२७ को पछाडि जुन थप्ने भनिएको छ, सार्वजनिक पद धारण गरेकोले यदि पीडितहरुले धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद भनिएको छ, यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

गएको स्थानीय सरकारमा निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु र त्योभन्दा अरु जनप्रतिनिधिहरू पनि यस्तो काममा संलग्न भएको देखेको बताउँदै थापाले कैद सजायको अवधि बढाउनुपर्ने सुझाव दिनुभएको हो ।