काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दावी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले आफू संसदीय दलको नेताको जिम्मेवारी निभाउन तयार रहेको बताएका हुन् ।
उनले भने, ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ ,’ ।


