काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण गरेका छन् । बुधवार गृहमन्त्री भद्रकालीस्थित परिसरको कार्यालयमा पुगेका हुन् । परिसरको कार्यालय र काम कारबाहीबारे अवलोकन गर्दै मन्त्री गुरुङले सामूहिक भावनाको साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गरेका छन् । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने, ‘समस्या परे म छु ।’
प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने उद्घोष गर्दै मन्त्री गुरुङले काठमाडौँमा हुनसक्ने सम्भावित प्रदर्शनमा भिड व्यवस्थापन गर्दा मानव अधिकारको ख्याल गर्न गर्न उनले निर्देशन गरेका छन् । उनको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘भिड नियन्त्रणमा एकदमै ध्यान दिनुहोला ।’


