काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा लेखकको बयान भइरहेको हो ।
जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरे बमोजिम उनी चैत १४ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले पहिलोपटक आइतबार ५ दिनको म्याद दिएकोमा आजै सकिँदै छ ।


