२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:27 pm
समाचार

यात्रु तानातान गर्ने ४८ जना काठमाडौँमा पक्राउ

सूचना प्रेस २०८२ चैत्र १९ बिहिबार ००:००, १२:४७ बजे १ मिनेट पढाइ

काठमाडौँ : काठमाडौंमा यात्रु तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन्। प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना तथा प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई नियन्त्रणमा लिएको हो।

बस तथा सुमो चढेर उपत्यका बाहिर जान लागेका यात्रुलाई टिकट काउन्टरमा कार्यरत व्यक्तिहरुले अनावश्यक रूपमा तानातान गरेको गुनासो आएपछि प्रहरी सक्रिय भएको थियो। पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।