काठमाडौँ : नेपाली काँग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अगाडि बढाउने भएको छ। पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशन सम्बन्धी गतिविधि शनिबारदेखि सुरु गर्न लागेको हो।
महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशन प्रक्रियासम्बन्धी आवश्यक जानकारी र निर्देशन प्रदान गरिने जनाइएको छ।
कार्यक्रम आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुँदै छ। महाधिवेशनमा खटिने प्रतिनिधिहरूलाई सभापति गगन थापासहित शीर्ष नेताहरूले अभिमुखीकरण दिँदैछन्।
काँग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रारम्भिक तयारीलाई तीव्रता दिएको जनाएको छ। काँग्रेसको महाधिवेशन असोज १६/१९ मा काठमाडौंमा हुँदै छ।


