काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको गृहमन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन शाहले आफैसँग राख्ने भएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गुरुङले आज प्रधानमन्त्री शाहलाई राजीनामा बुझाएका हुन् ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको भन्दै विवादमा तानिएपछि उनले आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै आज पदबाट राजीनामा दिएका हुन् ।
उनले चैत १३ गते शपथ लिएका थिए । मन्त्री भएको एक महिना नबित्दै उनले राजीनामा दिएका हुन् ।


