काठमाडौं । काठमाडौंका सुकुम्वासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयबाहिर विरोध प्रदर्शनको तयारी गरेका छन् । थापाथलीलगायत स्थानका सुकुम्वासी प्रदर्शनका निम्ति आज वनस्थलीस्थित रास्वपा कार्यालय जान लागेका हुन् ।

आफूहरूले रास्वपा कार्यालयमा प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । सरकारले सुकुम्वासी बस्ती खाली गराउने भनेपछि शुक्रबार बिहानदेखि उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।
भोलि बिहानदेखि सुकुम्वासी बस्ती खाली गराउने सरकारको तयारी छ ।


