काठमाडौँ : नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रियालाई स्थगित गरेको छ । कांग्रेसले आजको लागि निर्वाचन तालिका तय गरेको थियो । तर,अन्तिम समयमा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । निर्वाचन समिति सदस्य मुना भुसाललका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।
दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना सदस्य भुसाल र राजु कटुवाल थिए ।


