बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो बस र ईभी माइक्रो आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो आपसमा जुधेका थिए ।
दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । मृतकको अझैसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


