२० बैशाख २०८३, आइतबार 1777829678
Banner

मापदण्ड विपरीत धोबीखोलाको ७ तले घरमा चल्यो डोजर

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले मापदण्ड विपरीत सडक किनारा मिचेर बनाइएको धोबीखोला देवीनगरको सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले उक्त घरमा डोजर लगाएको हो । यसअघि महानगरले शङ्खमूलमा रहेको नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो । महानगरले यसअघि नै सार्वजनिक सूचना निकालेर अनधिकृत संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो ।