२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:08 am
समाचार

सार्वजनिक जग्गा खाली गराउने अभियान जारी

सूचना प्रेस २०८३ बैशाख २१ सोमबार ००:००, ११:२९ बजे १ मिनेट पढाइ

काठमाडौँ : सुकुमबासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई सरकारले अझै जारी राखेको छ ।

यही क्रममा आज बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ।

नदी खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारी बमोजिम आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन शुरु गरिएको हो। कपन क्षेत्रमा वर्षायाममा डुबानको समस्या समाधान गर्न र खोलाको बहावलाई प्राकृतिक रूपमै फर्काउन यो कदम चालिएको सरकारका अधिकारीहरूको दाबी छ।