३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:57 am
राजनीति

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

सूचना प्रेस २०८३ बैशाख २९ मंगलबार ००:००, ११:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए । चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन् । निर्वाचनमा विजयी हुने प्रचण्ड एक्ला पूर्वप्रधानमन्त्री हुन् ।