काठमाडौँ । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका हुन् ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहको साटो अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्न सभामुखले समय दिए लगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए ।
विपक्षी दलका सांसदहरूले विरोध गर्न नछाडेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख दलहरूसँगको परामर्शमा जुटेका हुन् ।


