६ आश्विन २०८१, आइतबार 1727000057
समाचार

च्याङ्फालाई ठक्कर दिँदा चालकको मृत्यु

कैलाली: गोदावरी नगरपालिका–५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी–८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न। को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी–५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो ।

घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा ा मृत्यु भएको बताइएको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।