३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:55 am
Banner

सभामुखले दिए हर्क साम्पाङसहित उनका सांसदलाई कारबाही गर्ने चेतावनी

सूचना प्रेस २०८३ जेष्ठ ६ बुधबार ००:००, १२:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । सभामुख डीपी आर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङसहित उनका पार्टीका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

श्रम संस्कृति पार्टीका सांसदहरूले संसद सुरू हुने बित्तिकै प्ले कार्ड देखाउँदै विरोध जनाएपछि सभामुखले चेतावनी दिएका हुन् । उनले सभाको मर्यादा कायम राख्न आग्रह गर्दै आफ्नो व्यवहार सच्याउन चेतावनी दिए ।