६ जेष्ठ २०८३, बुधबार 1779291131
राजनीति

वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव

काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन् ।

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताए । उनले ठगीका विषयमा उजुरी आउनेक्रम जारी रहेको अवगत गराउँदै विद्यमान कानुन र नियमावलीलाई संशोधनतर्फ पनि मन्त्रालयको ध्यान गएको स्पष्ट गरे ।