सुनसरी : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७८ वैशाख १३ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



