५ आश्विन २०८१, शनिबार 1726953568
राजनीति

एसिया–युरोप राजनीतिक फोरमको अध्यक्षमा एमाले नेता राजन भट्टराई निर्वाचित

काठमाडौं । एसिया—युरोप राजनीतिक फोरमको अध्यक्षमा आगामी दुई वर्षका लागि नेकपा एमालेका विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निर्वाचित हुनुभएको छ ।

चेक रिपब्लिकको राजधानी प्रागमा शनिवार सम्पन्न बैठकले एमाले नेता भट्टराईलाई अध्यक्ष चयन गर्दै आगामी वर्षको एसिया युरोप राजनीतिक फोरमको वार्षिक कार्यक्रम नेपालमा गर्ने निर्णय गरेको नेता भटटराईले जानकारी गराउनुभयो ।

अर्को वर्षको अक्टोबर हुने सोही कार्यक्रमको अवसर पारेर इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसीएपीपी) को स्थायी कमिटी बैठक समेत आयोजना हुने भएको छ ।