८ जेष्ठ २०८३, शुक्रबार 1779467581
विश्व

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

कावुल । उत्तरी अफगानिस्तानको बघलान प्रान्तका अधिकाशं जिल्लामा भारी वर्षापछि आएको बाढीका कारण महिला तथा बालबालिकासहित कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय मिडियालाई उदृत गर्दै टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।

वर्षाका कारणले एक सयभन्दा बढी आवासीय घर क्षेतिग्रस्त बनाउनुका साथै कृषि जमिन डुबानमा परेको जनाइएको छ । जसले प्रान्तको ग्रामीण अर्थतन्त्रलाई गम्भीर चोट पुर्याएको प्रान्तीय विपद व्यवस्थापन अधिकारीका प्रमुख हेडायतुल्लाह हम्दर्दलाई उद्धृत गर्दै मिडियाले जनाएका छन् ।

यसैगरी, बुधबार राति भएको छुट्टै मौसमी घटनामा दक्षिणी कान्दाहार प्रान्तमा तीन जनाको मृत्यु भएको हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।

अफगानिस्तानका केही भागमा विगत केही दिनदेखि भारी वर्षा, आँधीबेहरी, गर्जन र बिजुलीको चपेटामा परेको जनाइएको छ । अफगानीस्तानको मौसम विभागले आगामी दिनमा निरन्तर वर्षाको चेतावनी जारी गरेको छ भने कमजोर क्षेत्रमा थप बाढीको चिन्ता बढाएको छ ।