काठमाडौं । प्रतिपक्षी चार दलले संसदमा सरकारको सशक्त विरोध गर्ने भएका छन् । आज विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको बैठकले जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निर्णय गरेका हुन् ।
कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच छलफल भएको हो । बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई उपेक्षा गरेको निष्कर्ष निकालेको छ ।


